आइपीएलको अक्सनमा नेपालका आठ खेलाडी

काठमाडौँ : सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपीएल) को अक्सनका लागि नेपालका आठ क्रिकेट खेलाडीको नाम सिफारिस भएको छ। आइपीएलका लागि नेपालबाट सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, शरद भेषवाकर, अभिनाश बोहरा र कुशल मल्लको नाम सिफारिस गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ। यीमध्ये लामिछानेले यसअघि आइपीएल खेलिसकेका […]

Continue Reading

अन्‍नपूर्ण पोस्‍ट् साइकल र्‍याली भव्य रुपमा सम्‍पन्‍न

काठमाडौं : सातौं संस्करणको अन्नपूर्ण पोस्ट् ‘राइड फर लाइफ’ साइकल र्‍याली भब्य रुपमा सम्पन्न भएको छ। क्यान्सरविरुद्ध जनचेतना जगाउन र साइकलमैत्री समाज निर्माण अभियानमा टेवा पुर्‍याउने उद्देश्यले ‘क्यान्सरविरुद्ध चेतना छरौं वातावरण जोगाएर, साइकल चढौं स्वस्थ रहौं दूरी कायम गरेर’ नाराका साथ आयोजना गरिएको र्‍याली सम्पन्न भएको हो। शनिबार बिहान तीनकुनेस्थित अन्नपूर्ण पोस्ट्को कार्यालय परिसरबाट सुरु […]

Continue Reading

मेयर गोल्ड कपको उपाधि आर्मीलाई

भंगहा : महोत्तरीको भंगहामा सम्पन्न मेयर गोल्ड कप २०७७ को उपाधि त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौंले जितेको छ। एपीएफ फूटबल क्लब काठमाडौंलाई १–२ गोलले हराउँदै आर्मीले नगद पाँच लाख जितेको हो। खेलको १८ मिनेटमा ३० नम्बर जर्सीका खेलाडी विमल पाण्डेले एपीएफमाथि पहिलो गोल प्रहार गरेका थिए। दबाबमा आएका एपीएफका १८ नम्बर जर्सीका खेलाडी रवी थिङ्गले […]

Continue Reading

राष्ट्रिय महिला लिग : सावित्राको आठ गोलको मद्दतमा एपीएफ विजयी

काठमाडौं : राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज सम्पन्न खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब सावित्रा भण्डारीको आठ गोलको मद्दतमा विजयी भएको छ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १४–० गोल अन्तरले पराजित गरेको हो। आजको खेलमा पनि एपीएफका लागि भण्डारी एक्लैले आठ गोल गर्दै उत्कृष्ट खेल प्रदर्शन गरिन्। जारी […]

Continue Reading

सडकमा भीड जम्मा गरेर अदालतलाई तर्साउने काम नगरौं : देउवा

काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघट्नको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा जुलुसमा नारा लगाएर अदालतलाई यही गर् भन्न नमिल्ने बताएका छन्। पार्टीको आदिवासी जनजाति केन्द्रीय विभागले बिहीबार आयोजना गरेको कार्यक्रममा उनले भने, ‘अदालतमा मुद्दा छ, नारा लगाएर यही गर् भन्न मिल्दैन, हामी त्यस्तो गर्दैनौं, जुलुसले हुने भए किन चाहियो अदालत।’ सभापति […]

Continue Reading

कालिमाटी तरकारी बजारमा कृषिमन्त्री अर्यालको छड्के

काठमाडौं : कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले कालिमाटी फलफूल तथा तरकारी बजारको अनुगमन गरेकी छन् । मंगलबार कालिमाटीस्थित तरकारी बजारमा पुगेर अनुगमन गर्दै त्यहाँको बजारको वस्तुस्थितीको बारेमा जानकारी लिएकी हुन् । अनौपचारिक पोशाकमा तरकारी बजार पुगेकी मन्त्री अर्यालले तरकारी बजारको स्टल र सरसफाइ कार्यलाई व्यवस्थित गर्न कार्यतालिका र कार्यान्वयनको अवस्था लिएर फागुन १ गते […]

Continue Reading

सस्तियो तरकारी, महँगियो तेल

काठमाडौं : नेपाल राष्ट्र बैंकले गत मंसिरको तुलनामा पुसमा तरकारीको मूल्य २२ प्रतिशत सस्तिएको प्रतिवेदन सार्वजनिक गरेको छ। हिउँद लागेसँगै आलु, काउली लगायत अधिकांश तरकारी को भाउ घटेको राष्ट्र बैंकको अध्ययनमा देखिएको छ। मंसिरमा एक सय रुपैयाँले जति तरकारी किन्न सकिन्थ्यो, पुसमा त्यति नै तरकारी किन्न ८८ रुपैयाँले पुग्ने देखिएको हो। यसले अधिकांश सहरी क्षेत्रका […]

Continue Reading

संकटमा भोजपुरे करुवा

भोजपुर : भोजपुरे करुवा उद्योग संकटमा पर्न थालेका छन्। कोइला, काठलगायतका वनपैदावरको कमी हुन थालेपछि कलात्मक करुवा उद्योग बन्द हुने क्रममा पुगेका छन्। भोजपुरे खुकुरीपछि करुवाले देशविदेशमा ख्याति कमाएको छ। भोजपुर नगरपालिका–१२ टक्सार क्षेत्रमा कुनै बेला घरैपिच्छे कलात्मक धातुका सामान बनाइन्थ्यो। तर, अहिले गाह्रो, अप्ठ्यारो, फोहोरी काम भन्दै नयाँ पुस्ताले यो पेसा छाडिसकेको छ। केही […]

Continue Reading

मह बेचेर ३५ लाख

काठमाडौं : शिवसताक्षी नगरपालिका दूधे झापाकी मौरीपालक किसान देवी दाहाललाई २०६० सालअघि घरखर्च चलाउन मुस्किल पथ्र्यो। उनले २०६० देखि २ घार मौरी पाल्न थालिन्। उनीसँग अहिले ३ सय घार मौरी छ। मह बेचेर उनले वार्षिक ३५ लाख कमाउँछिन्। उनले गत वर्ष ३५ लाख आम्दानी गरिन्। त्यसमध्ये १२ लाख खर्च भएको थियो। खर्च कटाएर उनले २३ […]

Continue Reading

सुशासन, पारदर्शिता र स्वच्छताका लागि नियमन हुनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले समाजकल्याण परिषद् र विश्वविद्यालयबीच परियोजना मूल्याङ्कनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर नयाँ अभ्यासको प्रारम्भ भएको बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा परिषद् र विभिन्न विश्वविद्यालयबीच परियोजना मूल्याङ्कनसम्बन्धी समझदारीमा हस्ताक्षर समारोहलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कार्यक्रम नतिजामुखी बनाउन र कार्यान्वयन भइरहेको काम परिणाममुखी बनाउने प्रभावकारी माध्यम अध्ययन, अनुगमन र विश्लेषण भएको बताए।सामाजिक क्षेत्र र […]

Continue Reading