राष्ट्रिय महिला लिग : सावित्राको आठ गोलको मद्दतमा एपीएफ विजयी

खेलकुद

काठमाडौं : राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज सम्पन्न खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब सावित्रा भण्डारीको आठ गोलको मद्दतमा विजयी भएको छ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफले उदयपुरको चौदण्डीगढी

नगरपालिकालाई १४–० गोल अन्तरले पराजित गरेको हो। आजको खेलमा पनि एपीएफका लागि भण्डारी एक्लैले आठ गोल गर्दै उत्कृष्ट खेल प्रदर्शन गरिन्। जारी लिगमा एपीएफ क्लब हालसम्म अपराजित रहेको छ। एपीएफ सात खेलबाट २१ अङ्क जोड्दै लिगको शीर्ष स्थानमा कायमै छ।

सात खेलमा सबैमा हार बेहोर्दै चौदण्डीगढी अङ्कविहीन अवस्थामा छ। एपीएफका लागि भण्डारीले खेलको चौथो मिनेटमै गोल गरिन्। उनले खेलको १८औँ र ३६ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक गरिन्। भण्डारीले खेलको ४३ औँ, ५३औँ, ५६औँ, ७२औँ र ८७औँ मिनेटमा गोल गरिन्।

यस्तै एपीएफका लागि अनिता केसीले खेलको २४औँ तथा ४०औँ, कप्तान अनिता बस्नेतले पहिलो हाफको इन्जुरी समय र ६४औँ मिनेटमा गोल गरिन्।
यस्तै अनु लामाले ७६औँ तथा रविना गोलेले खेलको ७९औँ मिनेटमा गोल गरिन्। लिगको दोस्रो स्थानमा त्रिभुवन आर्मी क्लब रहेको छ।

आर्मीले सात खेलमा १५ अङ्क जोडेको छ। वालिङ लिगको तेस्रो स्थानमा छ। वालिङको सात खेलमा ११ अङ्क छ। पुलिस आठ अंकका साथ लिगको पाँचौँ स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *