आइपीएलको अक्सनमा नेपालका आठ खेलाडी

खेलकुद

काठमाडौँ : सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपीएल) को अक्सनका लागि नेपालका आठ क्रिकेट खेलाडीको नाम सिफारिस भएको छ। आइपीएलका लागि नेपालबाट सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, शरद भेषवाकर,

अभिनाश बोहरा र कुशल मल्लको नाम सिफारिस गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ। यीमध्ये लामिछानेले यसअघि आइपीएल खेलिसकेका छन्। यसपटक क्यानमार्फत नै आठवटै खेलाडीले आफ्नो नाम आइपीएलका लागि दर्ता गराएका हुन्।महिला लिग फुटबलको दोस्रो चरणको खेल शनिबारदेखि सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार दोस्रो चरणको खेल तालिका सार्वजनिक गरेको हो। तालिकाअनुसार शनिबार हुने खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र चौदण्डीगढी नगरपालिका तथा दोस्रो खेलमा विराटनगर र चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ।

लिगमा ६ खेल सकिँदा विभागीय टोली एपीएफ क्लब शीर्ष स्थानमा छ। अपराजित रहेको एपीएफले १८ अंक बनाएको छ। दोस्रो स्थानमा रहेको आर्मीको १३ अंक छ। तेस्रो स्थानमा रहेको विराटनगरको आठ अंक छ। यसैगरी आठ अंक बनाएको नेपाल पुलिस चौथो, आठ नै अंक बनाएको वालिङ नगरपालिका पाँचौं, तीन अंक बनाएको चन्द्रपुर छैटौं र अंकविहीन चौदण्डीगढी तालिकाको अन्तिममा छ। सात टोली सहभागी लिग फागुन ७ गतेसम्म चल्नेछ।

लिगको विजेताले १५ लाख, उपविजेताले आठ लाख, तेस्रोले पाँच लाख र चौथो हुने टोलीले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन्। यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर र व्यक्तिगत विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ प्रदान गरिने आयोजक एन्फाले जनाएको छ।आइपीएलका लागि छनोट हुने वा नहुनेबारे आगामी फागुन ६ गते टुङ्गो लाग्ने छ। उक्त छनोट भारतको चेन्नइमा हुनेछ। आइपीएलका लागि नेपालका आठसहित १५ देशका एक हजार ९७ खेलाडीले नाम दर्ता गराएका छन्। नाम दर्ता गराउनेमा भारतका ८१४ खेलाडी छन्।

आइपीएलका लागि अफागानिस्तानका ३०, अष्ट्रेलियाका ४२, बङ्गलादेशका ५, बेलायतका २१, आयरल्याण्डका दुई, नेदरल्याण्डका एक, न्यूजिल्याण्डका २९, स्कटल्याण्डका सात, दक्षिण अफ्रिकाका ३८, श्रीलङ्काका ३१, युनाइटेड अरब इमिरेट्स (युएई) का नौ, अमेरिकाका दुई, वेष्टइन्डिजका ५६ तथा जिम्बाम्बेका दुई खेलाडीले नाम दर्ता गराएका छन्। -रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *