संख्या बढ्यो बढेनन् पर्यटक

समाचार

कोभिडले थलिएको पर्यटन क्षेत्र ब्युँत्याउन विदेशीको संख्याभन्दा नेपाल घुम्न आउने पर्यटकको संख्याले बढी महŒव राख्नेकाठमाडौं : अंग्रेजी वर्ष २०२१ को फेबु्रअरी महिनामा ९ हजार १ सय ४६ जना विदेशी नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डको तथ्यांक छ। जनवरीमा ८ हजार ८ सय

७४ विदेशी नेपाल आएका छन्। पछिल्लो २ महिनामा १८ हजार २० जना नेपाल भित्रिएको बोर्डको पछिल्लो तथ्यांकले देखाउँछ। कोभिड—१९ अघि २०२० को फेबु्रअरी महिनामा मात्रै ७३ हजार ८ सय ७१ पर्यटक नेपाल भित्रिएका थिए। अघिल्लो वर्षसँग चालू वर्षको अंक जुधाउँदा करिब ८७.६ प्रतिशतले पर्यटक आवागमन घटेको छ। बोर्डले अध्यागमन विभागलाई उद्घृत गर्दै उक्त तथ्यांक सार्वजनिक गरेको हो। तर, सबै विदेशी घुम्नका लागि मात्रै नेपाल भित्रिएका भने छैनन्। भित्रिएका विदेशीमा नेपालस्थित विदेशी निकायमा कार्यरत कर्मचारी, विदेशमा रहेका नेपाली र केही पर्वतारोहणका लागि नेपाल आएका छन्। नेपाल आएकामध्ये घुम्नका लागि मात्रै कति आए भन्नेमा नेपाल पर्यटन बोर्ड नै स्पष्ट नभएको प्रवक्ता मणिराज लामिछाने बताउँछन्।

‘नेपाल आउने विदेशीको संख्या क्रमशः सुधार हुँदै गएको देखिन्छ। तर, तीमध्ये घुम्नका लागि कति आए भन्ने तथ्यांक भने छैन’, लामिछाने बताउँछन्। किनभने सरकारले अहिलेसम्म पर्वतारोहण र पदयात्राबाहेक अन्य विदेशी पर्यटकका लागि अनअराइभल भिसा खुलाइसकेको छैन। कोभिड संक्रमण रोकथामका लागि सरकारले मार्चबाट नै लकडाउन गरेको थियो। बन्द गरेको करिब आठ महिनापछि गत नोभेम्बरबाट मात्रै पर्वतारोहणका लागि विदेशी पर्यटक भित्र्याउन अनुमति दिएको थियो। नोभेम्बरयता जाडो मौसमका लागि पर्वतारोहण र पदयात्राका लागि अनुमति पाएका पर्यटकको संख्या करिब डेढ सय रहेको छ।

पर्यटन विभाग र नेपाल पर्वतारोहण संघले पर्वतारोहणका लागि अनुमति दिँदै आएको छ। आरोहणको अनुमति पाएका कुल पर्यटक संख्यामा सबै विदेशी मात्रै भने छैनन्।समीक्षा महिनामा सार्क मुलुकबाट नेपाल भित्रिने संख्यामा ७६ प्रतिशतले कमी आएको छ भने छिमेकी मुलुक भारतबाट मात्रै करिब ६८ प्रतिशतले गिरावट आएको छ। भारतको एयरबल कार्यक्रमअन्तर्गत ४ हजार ७ सय ६३ भारतीय नेपाल भित्रिएका छन्।

स्थलगत नाकाबाट कति भारतीय नागरिक नेपाल आए भन्ने बोर्डसँग तथ्यांक छैन। यस्तै अर्को छिमेकी मुलुक चीनबाट ७०३ विदेशी नेपाल आएका छन्। अघिल्लो वर्षको तुलनामा करिब ७७ प्रतिशतभन्दा बढीले चिनियाँ पर्यटकको नेपाल आवागमन संख्या घटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *